विश्वकप लिग २ खेल्न सन्दीपदेखि गुल्शनसम्म प्रशिक्षणमा जाने, अरू को-को परे ?

0 Shares

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत क्यानडामा हुने श्रृङ्खलाको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि २२ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

प्रशिक्षणका लागि रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी बोलाइएका छन् ।

यस्तै, करण केसी, गुल्शन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बासिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा छन् ।

क्यानडामा आगामी महिला हुने श्रृंखलामा नेपाल, क्यानडा र ओमानले खेल्दै छ । नेपालले विश्वकप लिग २ मा दोस्रो श्रृंखला खेल्न लागेको हो ।

यसअघि घरेलु मैदानमा खेलेको पहिलो श्रृंखलामा चारमध्ये तीन खेल हारेको थियो । एउटा जितेको थियो ।

सम्बन्धित समाचार