पेरिसमा नेपाली पौडी खेलाडी शाहले बनाए राष्ट्रिय कीर्तिमान

0 Shares

काठमाडौं । पेरिस ओलम्पिकमा नेपाली पौडी खेलाडी एलेक्जेण्डर शाहले सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका छन् । पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेण्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेण्डको कीर्तिमानमा सुधारेका हुन् ।

राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९ औँ स्थानमा रहँदै पहिलो चरणबाट बाहिरिएका छन् । यसअघि सय मिटर फ्री स्टाइलमा उनको नाममा ५२ दशमलव १७ सेकेण्डको कीर्तिमान थियो । कूल दश वटा हिट्सको प्रतिस्पर्धापश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् ।

पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिन्टनका प्रीन्स दाहाल पनि पहिलो चरणबाट बाहिरिसकेका छन् ।

प्रीन्सले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिस्पर्धा गर्दै छिन् ।

सम्बन्धित समाचार