श्रीलंकामाथि भारतको लगातार दोस्रो जित, एक खेलअघि उपाधि रक्षा

0 Shares

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको टी २० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न दोस्रो खेलमा भारतले डीएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो ।

श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछयाउने तयारी गरेको भारत वर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । उक्त लक्ष्य भारतले ६.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।

पहिला ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा नौ विकेट गुमाएर १६१ रन बनाएको थियो । यो जितपछि भारतले तीन खेलको सिरिज २-० ले एक खेलअघि नै जितेको छ ।

अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका छ । हाल श्रीलंका टुरमा रहेको भारतले यस सिरिजपछि एक दिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार