0
Shares
काठमाडौं । जारी महिला एशिया कपअन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको हो ।
नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् । कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् ।
त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् । फातिमा सानाले एक विकेट लिएकी थिइन् ।