0
Shares
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बुबा बनेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू बुबा बनेको जानकारी दिएका हुन् ।
कप्तान चेम्जोङकी पत्नी कञ्चन निरौलाले छोरालाई जन्म दिएकी हुन् । उनले ललितपुरस्थित मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । यस क्रममा चेम्जोङले पत्नी र नवजात छोरासँगको तस्बिर शेयर गर्दै खुसी व्यक्त गरेका छन् ।
‘माया र आशीर्वादका लागि सबैलाई धेरै–धेरै धन्यवाद, हाम्रो संसारमा अनन्त खुशीले भर्दै, हाम्रो खुशीको सानो बण्डल यस धर्तीमा आइपुगिसकेको छ,’ उनले भने, ‘हाम्रो जुनियरलाई यस संसारमा स्वागत छ ।’
किरण र एयरहोस्टेस कञ्चन करिब दुई वर्ष प्रेम सम्बन्धपछि गत वर्ष भदौ १५ गते विवाह बन्धनमा बाँधिएका थिए ।