आज शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

0 Shares

काठमाडौँ । शुक्रबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ ।

यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि सुन यही भाउमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको  छ।

बिहीबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार