डुंगा दुर्घटना हुँदा ३४ जनाकाे निधन

0 Shares

काठमाडौं । इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ ।

“यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुङ्गा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए,’ तटरक्षकले एक विज्ञप्तिमा जानकारी गरायो ।

बेपत्ता व्यक्तिका लागि हवाई एवम् समुद्री खोजी जारी रहेको बताएको छ । तटरक्षकले बिहीबार महिला र बालबालिका सहित १२ जनाको शव फेला परेको जानकारी गराएको हो ।

यस हप्ताको सुरुमा मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्स (एमएसएफ)ले कम्तीमा २६ जना बालबालिका सहित ६६ जना बेपत्ता भएको जानकारी दिएको थियो।

सम्बन्धित समाचार