काठमाडौं । गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी भएको टंगालको भाटभटेनी नयाँ भवनबाट पुनः सञ्चालनमा आएको छ । काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेपछि पुनः निर्माण गरिएको भव्य नयाँ भवनबाट भाटभटेनीले आजदेखि नियमित सेवा सुरु गरेको हो । नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फुड कोर्ट तथा पोखराको मोनालिसा थकाली खानासहितका सेवा सञ्चालनमा ल्याइएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी दुई स्टोर पनि पुनः निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।
ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित टंगाल स्टोरलाई पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।