सुनको मूल्य बढ्यो, आज तोलाको कति पुग्यो ?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुन मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो ।

योसँगै छापावाला सुनको मूल्य एक लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार