0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार भारी गिरावट आएको सुनको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।
योसँगै आज सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ । आज चाँदीको मूल्य तोलामा ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।