कर्णालीले चितवनलाई २४ रनले हरायो

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले जित निकालेको छ ।

आफ्नो अन्तिम खेलमा कर्णालीले चितवन राइनोजलाई २४ रनले हराएको हो । यद्यपि, कर्णाली प्लेअफमा पुग्न सकेन र चितवनले प्लेअफमा स्थान बनाइसकेको छ ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमा अलआउट भयो ।

उसामा मिरले अविजित २८ रन जोड्दा कामिल मिश्राले २५ कुशल मल्लले १८, देव खनालले १४ रन बनाए ।

बलिङतर्फ कर्णालीका हुसैन तलातले तीन तथा पवन सर्राफ मार्क वाटले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट हात पारे ।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो ।

हुसैन तलातले अर्धशतक बनाए । उनी ५१ रनमा अविजित रहे । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।

बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले दुई–दुई विकेट लिए भने सिकन्दर रजा र रिजन ढकालले एक–एक सफलता हात पारे ।

सम्बन्धित समाचार