चितवन पुगेर रवि लामिछानेले भनेः म ढिला आए पनि नीति आइरहेको छ

0 Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफू चितवन ढिला आए पनि यहाँ नीतिगत कामहरु भइरहेको दाबी गरे ।

‘जिम्मेवारी धेरै छ। तर, व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रुपमा म ढिला आए पनि सरकारको रुपमा, पार्टीको रुपमा पार्टीको संरचना, सरकारका नीतिहरु देशभरी पुगिरहेका छन्,’ उनले भने, ‘हाम्रो उद्देश्य पनि त्यही हो, व्यक्ति आउनुभन्दा पनि नीति आउनु पर्यो। राज्यको नीति आउने क्रम जारी छ ।’

चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका सभापति लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।

रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन आएलगत्तै सभापति लामिछाने आज पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीसँग सङ्गठनात्मक छलफलमा सहभागी भएका थिए ।

सभापति लामिछानेले शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन तथा सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार