0
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । उनले सरकारले कांग्रेस सभापतिलाई प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्ने प्रयास गरेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा सहभागी हुँदै राणाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारविपरीत रहेको बताए ।
राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे । उनले यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर उभिन आग्रह गरे ।