0
Shares
काठमाडौं । आज सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यसअघि अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ७५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको हो ।
चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा २६५ रुपैयाँ बढेको हो । योसँगै आज चाँदीको मूल्य तोलामा ३ हजार ९२० रुपैयाँ पुगेको छ ।