0
Shares
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । यस्तै, चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको हो । योसँगै आज सुनको मूल्य तोलामा २ लाख ७५ हजार ६ सयमा कारोबार भइरहेको छ ।
मंगलबार तोलामा ७ सय रुपैयाँ बढेर सुनको मूल्य २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४५ रुपैयाँ घटेर चाँदीको मूल्य ३ हजार ६७५ रुपैयाँ कायम भएको थियो ।