0
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।
लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स लिग तालिकाको चौथो स्थानमा छ । उसले ४ खेल खेलमा २ जित र २ हार बेहोरेको छ ।
दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज भिड्ने छन् । विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा छ ।
यता काठमान्डु अंक तालिकाको सातौं स्थानमा छ । उसले २ खेल खेलेकोमा १ मा जित र १ मा हार बेहोरेको छ ।