0
Shares
काठमाडौँ । भारतीय लोकसभा चुनावमा यसपल्ट ७ कलाकार विजयी भएका छन् । लोकसभा सदस्यमा निर्वाचित हुनेमा कंगना रनौत, वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा, भोजपुरी सुपरस्टारका रूपमा परिचित मनोज तिवारी, वरिष्ठ कलाकार हेमा मालिनी लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै रामानन्द सागरको ‘रामायणु मा मुख्य चरित्र निभाएका अरुण गोविल, पछिल्लो समय ‘लापता लेडिजु को अभिनयले निकै चर्चा कमाएका कलाकार रवीन्द्र शुक्ला अर्थात रवि किशन र कलाकार तथा फिल्म निर्मातासमेत रहेका पवल कल्याण लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।