बुटवलमा पल्सर आरपीएम सम्पन्न, २५ सय युवाको सहभागिता

0 Shares

बुटवल । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्दै पल्सर आरपीएम बुटवल सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २ हजार ५०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बी–बोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिलगायतका गतिविधि समावेश थिए। पल्सर एन१६० मार्फत प्रस्तुत गरिएको बाइक स्टन्टले कार्यक्रमको आकर्षण बढाएको थियो।

कार्यक्रममा स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिता रहेको थियो। स्थानीय डिजे पिज्जा र डिजे नकआउटको प्रस्तुतिसमेत कार्यक्रममा समावेश थियो।

त्यस्तै, पल्सर एन१६० र एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोन राखिएको थियो। सहभागीले ती मोटरसाइकललाई नजिकबाट अवलोकन तथा टेस्ट राइड गर्ने अवसर पाएका थिए। कफी, खानाका परिकार तथा गिफ्ट पप–अप स्टलले पनि कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभा तथा युवा समुदायलाई आफ्नो सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ।

काठमाडौंमा सुरु भएको पल्सर आरपीएम बुटवलसम्म विस्तार भएको हो। कार्यक्रमले स्थानीय युवा समुदाय र सडक संस्कृतिसँगको सम्बन्धलाई थप बलियो बनाएको आयोजकको भनाइ छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा सहभागी सबैलाई बजाज पल्सरले धन्यवाद दिएको छ। कम्पनीले आगामी दिनमा पल्सर आरपीएमलाई थप शहर र समुदायसम्म विस्तार गर्दै लैजाने जनाएको छ।

सम्बन्धित समाचार