शाओमीको चाडपर्व योजना : मोबाइल किन्दा दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म

0 Shares

काठमाडौं । शाओमी नेपालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार योजनाअन्तर्गत हरेक दिन आठ जना विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन्। त्यस्तै, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ पाउनेछन्।

योजनाको बम्पर उपहारअन्तर्गत चार जना विजेताले चार दिन पाँच रातको थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्।

योजनामा सहभागी हुन नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरी कम्पनीले तोकेको ह्वाट्सएप नम्बरमा एसएमएसमार्फत आईएमईआई नम्बर पठाउनुपर्नेछ। विजेताको छनोट लक्की ड्रमार्फत गरिने र त्यसको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ। योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका नियम तथा सर्त पालना गर्नुपर्नेछ।

चाडपर्वलाई लक्षित गर्दै ल्याइएको योजनामार्फत मोबाइल खरिदमा ग्राहकलाई दैनिक तथा साप्ताहिक उपहारसँगै बम्परमा विदेश भ्रमणको अवसर उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार