काठमाडौँ। मुक्तिनाथ विकास बैंकका ग्राहकले केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्टका विभिन्न होटल तथा रिसोर्टमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र केजीएच ग्रुपबीच ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी व्यावसायिक सम्झौता भएको हो।
सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौँस्थित माया मनोर बुटिक होटल तथा पोखराका वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टमा उपलब्ध विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन्।
यस्तै, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। त्यस्तै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि उक्त सुविधा लिन सकिनेछ।
बैंकले ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ।
यसैबीच, बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने ‘अटो लोन’ नामको ऋणसम्बन्धी योजना पनि सञ्चालनमा ल्याएको जनाएको छ।