काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता जय फुयाल आर्थिक वर्ष २०८२/८३ को ‘बीमारत्न’ योजनामा छनोट भएका छन् ।
कम्पनीका अनुसार फुयालले सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै योजनामा तोकिएको लक्ष्य पूरा गरेका हुन् । उत्कृष्ट कार्यसम्पादन गरेबापत उनले कम्पनीको प्रोत्साहन योजनाअन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्राप्त गरेका छन् ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले बिहीबार कम्पनीको प्रधान कार्यालयमा फुयाललाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
अभिकर्ताहरूलाई बीमा व्यवसायमा थप सक्रिय बनाउन कम्पनीले विभिन्न प्रोत्साहनमूलक योजना सञ्चालन गर्दै आएको जनाएको छ ।
मोटरसाइकल प्राप्त गरेपछि फुयालले कम्पनीले दिएको अवसर र प्रोत्साहनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सक्रिय भएर बीमा व्यवसाय विस्तारमा लाग्ने बताए ।
हिमालयन लाइफले अभिकर्ताहरूको मेहनत र उत्कृष्ट कार्यसम्पादनलाई सम्मान तथा प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।