काठमाडौं । नेपालमा भएको बाढीको सम्झनामा स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले एक मिनेट मौनधारण गरेका छन्। आज बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा खेलअघि खेलाडीले मौनधारण गरेका हुन् ।
क्लबले समाजकि सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको छ । ‘गत सिजनमा निधन भएका बार्सिलोनाका सदस्यहरूका साथै नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीबाट पीडितहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो’ बार्सिलोनाले फोटोसहित यो जानकारी पोस्ट गरेको छ ।
बार्सिलोनाले ला लिगामा यो सिजिनको दोस्रो खेल एथलेटिक क्लबसँग खेलेको हो । खेलमा २–० को जित निकाल्न सफल भयो । राफिन्हाले ३७औं र फेमिन लोपेजले ८२औं मिनेटमा गोल गरी टोलीलाई सहज जित दिलाए ।
विश्वकपलगत्तै म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका रोड्रीले बार्सिलोनाबाट डेब्यू गरेका छन् । उनी ६२औँ मिनेटमा मैदान छिरेका थिए । बार्सिलोनाले यस सिजनका सुरुवाती दुवै खेल जितेको छ ।