बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

0 Shares

बागलुङ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले २१ लाख ७० हजार सहयोग गर्ने भएका छन् ।

जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

गलकोट नगरपालिकाले छ लाख ७० हजार, बागलुङ नगरपालिकाले पाँच लाख, बडिगाड गाउँपालिकाले पाँच लाख, ताराखोला गाउँपालिकाले दुई लाख, काठेखोला गाउँपालिकाले दुई लाख र जैमिनी नगरपालिकाले एक लाख सहयोग गर्ने भएका छन् ।

बागलुङ नगरपालिकाले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

बडिगाड गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको तीन दिनको तलब भत्तासहित पाँच लाख बराबरको सहयोग रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार