0
Shares
काठमाडौं । रसुवामा आएको भीषण बाढीमा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरी २२ जना उपचारपछि डिस्चार्ज भएका छन् । कूल ३५ जनामध्ये घाइते ट्रमामा उपचारका लागि भर्ना भएका थिए ।
ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार उपचाररतमध्ये एक जना सघन उपचार कक्ष (आईसीयू) र दुई जना एचडीयूमा उपचाररत छन् । एक जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ ।
बाढीमा परी घाइते भएकाहरूलाई रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लाबाट ट्रमा सेन्टरमा उपचाररत घाइतेमध्ये ६ वर्षदेखि ६० वर्षसम्मका बिरामी छन् ।
अस्पतालले घाइते तथा बिरामीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पताल परिसरमा अनावश्यक भीड नगर्न अनुरोध गरेको छ ।