स्वास्थ्यकर्मीको बिदा रोकियो, बाढी पीडितको उपचारमा खटिन निर्देशन

0 Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विपदको अवस्थालाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले सार्वजनिक बिदाको दिनमा समेत खोज, उद्धार र उपचारमा खटिन निर्देशन दिएको हो ।

मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतको काम भइरहेको जनाएको छ ।

मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्नरनगराउन निर्देशन दिएको छ । अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार