नेपाल लाइफका सीईओ पराजुलीले गरे पदभार ग्रहण

0 Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पदभार ग्रहण गरेका छन् । कम्पनीमा पुनः सीईओमा नियुक्त भएका पराजुलीले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

उनी जेठ २९ गते कम्पनीको सीईओमा पुन नियुक्त भएका थिए । यसअघिको चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका पराजुलीले अब आगामी कार्यकालमा पनि कम्पनीको नेतृत्व सम्हाल्नेछन्। उनी २०७९ साउन ४ गतेदेखि नेपाल लाइफको सीईओको जिम्मेवारीमा छन्।

बीमा तथा वित्तीय क्षेत्रमा दुई दशक भन्दा बढी अनुभव हासिल गरेका पराजुलीले नेपाल लाइफको व्यवसाय विस्तार, सेवा प्रवाह सुदृढीकरण तथा संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

कम्पनीले उनको नेतृत्वमा आगामी दिनमा पनि व्यवसायिक वृद्धि, सेवा गुणस्तर अभिवृद्धि तथा बीमा पहुँच विस्तारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार