रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

0 Shares

काठमाडौं । रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक-एक गोल गरे । कारभाजलले खेलको ७४ औँ र भिनिसियसले ८३ औँ मिनेटमा गोल गरेका थिए ।

योसहित रियल म्याड्रिडले १५ औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।

१८ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक उपविजेता बनेको छ ।

त्यस्तै अर्कोतर्फ तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको डोर्टमण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

सम्बन्धित समाचार