काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीबाट नागरिकबाट तीन थरी धारणा प्राप्त गरेको बताएका छन् । आजबाट सुरु भएको केन्द्रीय समितिमा बोल्ने क्रममा सभापति थापाले आफूले नागरिहरुसँग कुरा गरिरहेको र उनीहरुले अनिश्चिता, हतास र आक्रोश भेटेको बताए । सभापति थापाले भने,‘केही नागरिककमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन । भोलि पनि हुन्न भने हतास भएको पाउँछु । केही नागरिकलाई आक्रोश छ ।’
त्यही कारणले प्रधानमन्त्री बालेन्द्रको दुईदिन अघिको स्टाटस र रास्वपा सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको सभापति थापाले आकलन गरे । नागरिकमा रहेको आक्रोशबाट कांग्रेस खुसी नभई चिन्ता लिनुपर्ने बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा र तत्कालीन पार्टी सभापति शेरबहादुर देउवालाई नागरिक हामीसँग रिसाएको गत भाद्र ८ गते संसदमा बताएको सभापति थापाले स्मरण गराए ।