0
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा गोली चलाउनुपर्ने अवस्थामा कसरी आयो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन? यो विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्न चाहन्छु ।’
प्रचण्डले सबैलाई सद्भाव कायम राख्ने सन्दर्भमा सरकारलाई विशेष ध्यान दिन आग्रह गरे । उनले यस घटनापछि बसेको सर्वदलीय बैठकको चर्चा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति चिन्ता व्यक्त गरे ।