0
Shares
काठमाडौं । जिल्ला प्रशासन कार्यालय धुनषाले प्रदर्शन चर्किएपछि जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ। धनुषाा जिल्ला प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताए ।
सुनसरीबाट फैलिएको द्धन्द्ध तराईका जिल्लाभर फैलिदै गएको छ । पछिल्लो समय हिन्दु र मुस्लिम समुदायको रुपमा समाज विभाजित हुन थालेको छ ।