प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

0 Shares

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।

सुनसरीको देवानगन्ज नगरपालिका ३ स्थित कप्तानगन्ज बजारमा दुई समुदायबीच भएको विवाद बढ्दै जाँदा झडप भएको थियो। झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।

सम्बन्धित समाचार