खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

0 Shares

काठमाडौं । झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको किशनगन्ज जिल्ला, धनतोला मोहमारी बस्ने २२ वर्षीय एमडी फारुक छन् ।

गए राति लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर३७ एबी ५८५९ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त खैरो हिरोइन बरामद गरेको थियो ।

बरामद लागूऔषध र मोटरसाइकलसहित फारुकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

सम्बन्धित समाचार