जापानमा बीवाईडीको किफायती विद्युतीय मिनी कार ‘रेको’ सार्वजनिक

0 Shares

काठमाडौँ । बीवाईडीले जापानमा इलक्ट्रिक मिनी कर रेको सार्वजनिक गरेको छ। बीईवाईडीले मंगलबार इन्ट्रि–लेभल रेको ईभी जापानी बजारलाई लक्षित गर्दै सार्वजनिक गरेको हो।

सन २०२३ मा जापानको यात्रुवाहक सवारी बजारमा प्रवेश गरेपछि अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको बीवाइडीले ‘रेको’ मार्फत बिक्री बढाउने लक्ष्य लिएको हो।

रेको ईभी सरकारी अनुदानसहित २० लाख जापानी येन (करिब १२ हजार २१३ अमेरिकी डलर) भन्दा कम मूल्यमा उपलब्ध हुने जनाएको छ। यो मूल्यले जापानी उपभोक्तालाई आकर्षित गर्ने बीवाईडीको अपेक्षा छ। रेकोको सुरुवाती मूल्य अनुदानअघि १९ लाख ५० हजार जापानी येनबाट सुरु हुन्छ। जुन जापानको सबैभन्दा धेरै बिक्री हुने विद्युतीय मिनी कार निसान साकुरा भन्दा सस्तो हो।

तर रेकोले तुलनात्मक रूपमा कम सरकारी अनुदान पाउने भएकाले अनुदानपछि भने साकुरा नै उपभोक्ताका लागि केही सस्तो पर्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।

कम्पनीले सन् २०२६ को अन्त्यसम्म रेकोका १० हजार अर्डर प्राप्त गर्ने लक्ष्य राखेको छ। सन् २०२५ अन्यसम्म बीवाईडीले जापानमा ७ हजार ४०० यूनिट कर बिक्री गरेको छ। त्यसैले रेको कम्पनीका लागि जापानी बजारमा आफ्‌नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण मोडलका रूपमा हेरिएको छ।

बीवाइडी अटो जापानका अध्यक्ष आत्सुकी तोफुकुजीले २०२६ को अन्त्यसम्म १० हजार अर्डरको लक्ष्य विस्तृत बजार अध्ययनभन्दा पनि कम्पनीको दृढ विश्वासमा आधारित रहेको बताए।

उनले पत्रकारहरूसँगको छलफलमा भने, ‘यो मुख्यतः हाम्रो दृढ संकल्‌प र आत्मविश्वासको विषय हो।’ उनका अनुसार आगामी वर्षदेखि प्रत्येक डिलरले औसतमा दैनिक एकवटा अर्डर प्राप्त गर्न सके वार्षिक १० हजार बिक्रीको लक्ष्य हासिल गर्न सकिने कम्पनीको विश्वास छ।

रेकोले पूर्ण चार्जमा अधिकतम ३२० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, जापानी उपभोक्तामाझ लोकप्रिय मानिने स्लाइडिङ पछाडिको ढोका भएको यो पहिलो विद्युतीय मिनी कार पनि हो। यसको सार्वजनिकसँगै विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल बजार चीनमा बीवाइडीसहित चिनियाँ विद्युतीय सवारी उत्पादकहरूको बढ्दो प्रभावले जापानी अटो निर्माता कम्पनीहरू थप दबाबमा परेको संकेत पनि दिएको छ।

चीनमा जापानी कम्पनीहरूले पछिल्‌ला वर्षहरूमा बजार हिस्सा गुमाइरहेका छन् भने बीवाइडीलगायत स्वदेशी चिनियाँ ईभी निर्माता कम्पनीहरूले तीव्र रूपमा आफ्‌नो उपस्थिति विस्तार गरिरहेका छन्।

सम्बन्धित समाचार