सुनसरीको देवानगञ्जमा गोली लाग्दा एक जना घाइते

0 Shares

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका १ मा गोली चल्दा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीले जनाएको छ ।

घाइतेको तिघ्रामा चोट लागेको छ । गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ भने घाइतेको पहिचान खुल्न सकेको छैन ।

सम्बन्धित समाचार