त्रिशूली १ आयोजनाबाट थप ११ वटा शव निकालियो

0 Shares

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट आज थप ११ वटा शव फेला परेको छ । नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा शवहरू फेला परेको जनाएको हो ।

उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ ।

उक्त टनेलमा थप खोजी कार्य जारी रहेको छ ।

सम्बन्धित समाचार