0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बसेको सर्वदलीय बैठकले सुनसरीको घटनामा दलहरूबीच ९ बुँदे वक्तव्य सार्वजनिक गरेको छ ।
सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै वक्तव्य जारी गरेको छ ।
जसमा पछिल्ला घटना क्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरी घाइते भएका स्वास्थ्य लाभको कामना गर्दै सचेत हुन आग्रह गरेको छ ।

