कांग्रेस सांसद गुरुङले भनिन्, सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या ९ पुग्यो

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको बताएकी छन्।आजको प्रतिनिधि सभा बैठकमा बोल्दै गुरूङले सुकुम्बासी व्यवस्थापनमा देखिएको कमजोरी र मानवीय संवेदना अभावले गम्भीर प्रश्न उठाएको उनले बताइन्।

‘सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या आज ९ पुगेको छ,’ उनले भनिन्, ‘१८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीय कमला बलमपाखी, ६८ वर्षका कर्णबहादुर श्रेष्ठ, ३६ वर्षका भेषराज दर्जी, ६६ वर्षीय पार्वती विक, ३९ वर्षीय सुशीला थापा मगर, ७५ वर्षीय रतनदेवी मलहानीदेखि १८ महिनाका उज्वल तामाङसम्मले राज्यले लिएको अव्यावहारिक नीतिका कारण ज्यान गुमाउनुपर्‍यो। यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु।’

सम्बन्धित समाचार