बजेटबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । आज आउन लागेको बजेटका विषयमा छलफल गर्न ११ बजे बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

हाल सरकार संसदीय छानबिन समिति बनाउन तयार भए पनि यसको कार्यादेशको विषयमा सहमति बनेको छैन ।

सम्बन्धित समाचार