0
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
रंगमती शाही प्रमुख रहेको कांग्रेसको उक्त विभागका लागि देउवाले धादिङ्गबाट उत्तम सिंखडालाई चयन गरेका छन् । यस्तै, काठमाडौंबाट स्मारिका विष्ट चयन हुँदा पाल्पाबाट अर्जुनप्रसाद रेग्मी चयन गरेका छन् ।
देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले बताए ।
यी हुन् मनोनित सदस्यः
१, दुधकुमारी हमाल, डोल्पा
२, डा. साझना खातुन, रौतहट
३, स्मारिका विष्ट, काठमाडौं
४, उत्तम सिंखडा, धादिङ्ग
५, रामकुमार राई, भोजपुर
६, ऐनबहादुर मल्ल, बाजुरा
७, अर्जुनप्रसाद रेग्मी, पाल्पा
८, नरबहादुर रोकाया, हुम्ला
९, हरिशंकर तिमिल्सेना, दैलेख
१०, हिराप्रकाश गौचन, बाग्लुङ्ग