व्यवसायी अजेयाज सुमार्गीको राहदानी रोक्का

0 Shares

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेयराज सुमार्गीको राहदानी रोक्का गरेको छ । मङ्गलबार विभागले उनको राहदानी रोक्का राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

सम्पत्ति शुद्धीकरणको पत्रको आधारमा अध्यागमनले उनको राहदानी रोक्का राखेको गृह मन्त्रालयका एक जना अधिकृतले बताए । सम्पत्ति शुद्धीकरणले सुमार्गीको सम्पत्तिबारे छानबिन थालेको छ। छानबिन अवधिभर विदेश जान नपाउने गरी उनको राहदानी रोक्का गरिएको हो।

विदेशबाट स्रोत नखुलेको रकम ल्याएको भन्दै सुमार्गी यसअघि विवादमा तानिएका थिए । उनी मुक्ति श्री सिमेन्ट इण्डष्ट्रिज प्रालिका अध्यक्ष हुन्।

सम्बन्धित समाचार