0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा सेलिब्रिटीले पनि सर्वाधिक मत पाएका छन् । कलाकारिताको पृष्ठभूमिबाट रास्वपामा आएका हिमेश पन्त, रीमा विश्वकर्मा र अनुष्का श्रेष्ठले खुल्ला उम्मेदवारी दिएका थिए ।
उनीहरुमध्ये विश्वकर्माले सर्वाधिक १८१० मत पाएकी छन् । यस्तै श्रेष्ठले १३५३ मत ल्याउँदा हिमेशले १६२३ मत आएको छ । यो विद्युतीय मतदानको नतिजा हो । प्रवासतर्फको मत गणना सार्वजनिक हुन बाँकी छ ।
हिमेश रास्वपामा लामो समय निस्क्रिय थिए । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर उनले राजनीतिमा कमब्याक गर्न खोजेका हुन् ।