0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा कर्णाली प्रदेशबाट तीन जना महिला नेतृ विजयी भएका छन् । कर्णालीको भूगोलबाट तासी शेर्पा, सीतावादी र विनिता कठायतले केन्द्रीय सदस्यमा सफलता हासिल गरेका हुन् ।
विजयीमध्ये सीतावादी हाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी छन् । सरकारमा रहेर काम गरिरहेकी उनी अब पार्टीको केन्द्रीय नेतृत्वमा पनि सक्रिय भूमिका निर्वाह गर्ने अवस्थामा पुगेकी छन्।
पूर्वसांसद विनिता कठायतले पनि पुनः केन्द्रीय सदस्यमा आफ्नो स्थान जोगाउन सफल भएकी छन्। जुम्लाको राजनीतिमा परिचित अनुहार रहेकी कठायत यसअघि पनि रास्वपाको केन्द्रीय सदस्य थिइन्।