स्वास्थ्य मन्त्रालयले भन्योः रेविज खोप अभाव भएको छैन

0 Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविजविरुद्धको खोपको अभाव नभएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताए ।

उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताएका हुन् । ‘हामीसँगै धेरै मात्रामा खोप छैन, बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ,’ उनले भने, ‘चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदै छ ।’

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराए । गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।

कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविजविरुद्धको खोप लगाउनु पर्दछ । उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दुई तीन दिनभित्रा चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए ।

केही समयअघि मात्र आकस्मिक उपचारका लागि डब्लुएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा आउने बिरामीलाई रेविजविरुद्ध खोप लगाइरहेको बताए ।

अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीरकुमार अधिकारीले यही आर्थिक वर्षममा मात्र ५५ हजार ७५९ जना बिरामीलाई रेविजविरुद्ध खोप लगाइएको छ ।

सम्बन्धित समाचार