गर्भवती महिलाको उद्धार, थप उपचार हुँदै

0 Shares

हुम्ला । सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका १ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ ।

आइतबार बेलुका हुम्ला जिल्ला अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा उनलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले उच्च रक्तचापको समस्याबाट पीडित गर्भवती महिलाको उपचार प्रक्रियाअघि बढाउँदा बेहोस हुनपुगेपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको जानकारी दिए ।

डा. तिवारीका अनुसार लामाको गर्भमा रहेको बच्चा ३१ हप्ताको मात्रै रहेको छ । भिडियो एक्सरे जाँच गर्दा बच्चाको तौल करिब १२ सय ग्राम मात्रै देखिएको र बच्चाको तौल कम भएकाले थप उपचारको आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार