0
Shares
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान बस्ने गरी स्थगित भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि संसद बैठक स्थगित भएको हो । उनी बोलेपछि कांग्रेस सांसदहरूले बोल्न समय माग गरेका थिए । तर, सभामुखले कांग्रेस सांसदहरुलाई बेवास्था गर्दै बोल्न दिएनन् ।
सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गरेका छन् ।