जेठ १६ गते शनिबारको तपाईको राशी कस्तो?

0 Shares

आज मिति २०८३ साल जेठ १६ गते शनिबार । सन् २०२६ मे ३० तारिख । नेपाल संवत् ११४६ । अधिक जेठ शुक्लपक्ष चतुर्दशी तिथि । बिहान ८ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म राहुकाल रहने हुनाले शुभ कार्य गर्न नहुने । आज बिहान ५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आफन्त र मित्रजनबाट सहयोग तथा हौसला मिल्ने समय छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला ।

बृष

नयाँ कामको प्रस्ताव आउने तथा विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ । मनोरन्जनमा अधिकांश समय ब्यतीत भएर जाने देखिन्छ । मनोरञ्जनपूर्ण यात्राको सम्भावना छ । वित्तादि लाभ पनि प्राप्त होला । दाम्पत्यसुख बढ्नेछ ।

मिथुन

रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । ब्यापार ब्यवसायमा फाइदा हुनुका साथै गरिँदै आएको काममा थप जाँगर पलाएर आउनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रै लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आरोग्यबल बढ्ने छ ।

कर्कट

मिश्रित फलदायी दिन छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने र बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । सकारात्मक परिणामका लागि व्यस्तता बढ्ने देखिन्छ । तथापि, श्रमको समुचित मूल्यांकन नहुन सक्छ, नियमित आम्दानीमा पनि बाधा पुग्ने योग छ, सावधान रहनुहोला । केही झमेला आइलाग्न सक्छ ।

सिंह

केही चुनौती बढ्ने र सानातिना काममा समय बित्ने दिन रहेको छ । कामका लागि गरिएको भ्रमणमा समय मात्रै बित्न सक्छ । नसोचिएका समस्या थपिन सक्छन्, सजग र संयम रहनु हितकर होला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने छ ।

कन्या

सुखदायी दिन छ । परोपकारजन्य क्रियाकलापमा मन जानुका साथै मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । तीर्थाटनको अवसर प्राप्त हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्नेछन् । नियमित कार्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ ।

तुला

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीर उत्साहित र उमङ्गित रहने देखिन्छ । स्वास्थ्य सबल रहने छ ।

वृश्चिक

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने र कामले धेरैको मन लोभ्याउन सकिने समय भए पनि आँटेको महत्वपूर्ण काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइने योग छ । चोरी वा ठगीमा परिने सम्भावना रहेकोले सजग रहनुहोला ।

धनु

काम बिग्रने डरले सताएपनि एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । पठन–पाठनमा प्रगति हुनुका साथै गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउला । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

मकर

आजको दिन पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । पराक्रम वृद्धिले शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नाले जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिएला । हाँसखेल तथा मनोरञ्जनमा समय बित्ने योग छ ।

कुम्भ

अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ, योजना बनाएर मात्र कार्यफाँटमा उत्रनु उचित होला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइने योग छ । तपाईंको अधिकारक्षेत्रभित्रका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने देखिन्छ ।

मीन

आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइनेछ भने बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नु हितकर होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । प्रतिकुलतामा पनि आत्मीयजनसँग भेटघाट हुनाले मन प्रशस्नन रहन सक्छ ।

सम्बन्धित समाचार