जेठ १२ गते तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार । सन् २०२६ मे २६ तारिख । नेपाल संवत् ११४६ । आज दशमी तिथि । अधिक जेठ शुक्लपक्ष । दिउँसो ३ बजेर २५ मिनेटदेखि बेलुकी ५ बजेर ८ मिनेटसम्म राहुकाल रहने हुनाले शुभ कार्य गर्न नहुने । आज बिहान ५ बजेर १२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ५० मिनेटमा अस्ताउने छ । अब सुरु गरौं आजको राशिफल

मेष

सानातिना काम वा घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि श्रमको उचित मूल्यांकन हुने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ भने सामाजिक कामको दायित्व बढ्ने देखिन्छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सजग रही व्यवहार गर्नुहोला ।

बृष

काममा केही चुनौती देखिए पनि विभिन्न अवसरले पछ्याउने समय छ । सोचेको काम समयमा सम्पादन गर्नका लागि विशेष जोडबल लगाउनुपर्ला । सामान्य लापर्वाहीले पनि महत्वपूर्ण अवसर फुत्कने सम्भावना रहेकोले अत्यन्त सजग रही कार्य–व्यवहार गर्नुहोला । धेरैले सहयोगको तत्परता देखाउनाले नसोचेको फाइदा उठाउन सकिने योग छ ।

मीथुन

स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । गरिएको काममा भने सफलता नै मिल्नेछ । पढाइलेखाइमा खासै ध्यान दिन नसकिए पनि रोकिएको काम मिहिनेतले बन्नेछ । रमाइलो यात्रा हुनुका साथै यात्रागत कार्य सार्थक रहला । आरोग्यबल बढ्नेछ । सुख–सुविधाको बस्तु खरिदमा मन जाला ।

कर्कट

कुनै पनि प्रकारको शारीरिक एवम् आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । पितृधनबाट विशेष लाभ प्राप्त हुने योग छ । मित्रजनको साथ मनोरञ्जनपूर्ण यात्रा हुनसक्छ । व्यापार–व्यवसाय लाभप्रद नै रहने छ ।

सिंह

चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ । बोली र व्यवहारमा सरलता अपनाउनु हितकर होला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने छन् ।

कन्या

आजको दिन अरूका काममा समय बित्न सक्छ । महत्वपूर्ण काम समयमा पूरा नहुनाले खिन्नता बढ्ला । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ ।

तुला

प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने समय छ । धैर्यसाथ प्रयत्न गर्दा रोकिएका कामसमेत सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नेछ । कृषि क्षेत्रबाट पनि सामान्य लाभ नै मिल्ने देखिन्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक

आजको ज्यादा समय बाध्यतापूर्ण काममा बित्न सक्छ । नियमित कार्यमा अवरोध आइपर्नुका साथै स्वास्थ्य केही कमजोर रहन सक्छ । महत्वपूर्ण कार्यमा पनि खासै जाँगर नलाग्ने देखिन्छ, तर जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग छ, सजग रहनुहोला ।

धनु

काममा केही प्रतिस्पर्धा गर्नुपर्ने र द्विविधामा परिने वा निर्णायक क्षमतामा कमी आउने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा समेत परिएला । चुनौतीको सामना गर्नुपर्नेछ । सहयोगी वा हितैषी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । यसका बाबजुद व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।

मकर

आम्दानीदायक कार्यमा आकर्षण रहने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना प्रवल छ । मन लगाएर गरेका व्यवसायिक कर्मबाट राम्रै फाइदा उठाउन सकिने देखिन्छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला ।

कुम्भ

नियमित व्यवसायबाट आम्दानी बढ्ने दिन छ । ब्यस्तता बढेपनि श्री वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ नै हासिल हुने देखिन्छ । मित्रजनले सोचेअनुसार साथ दिनाले उत्साह वृद्धि होला । आफन्तको सहयोगले काम बन्ने छन् ।

मीन

मिश्रित फलदायी समय छ । नियमित कार्यमा रुचि लाग्नेछैन, तथापि प्रयास गर्दा रोकिएका काम बन्नेछन् । खर्च केही मात्रामा बढ्ने देखिन्छ । व्यवसायमा लगानी वृद्धिको आवश्यकता पर्ला । समस्यामा विपरीतलिंगी मित्रको सहयोग प्राप्त हुनेछ । अरूको भर पर्दा धोकामा परिने सम्भावना छ, सजग रहनुहोला ।

सम्बन्धित समाचार