सभामुख अर्यालले भेटे प्रधानमन्त्री शाह र विपक्षी दलका नेताहरूलाई

0 Shares

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउन भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र विपक्षी दलका शीर्ष नेताहरूसँग भेट गरेका छन्।

सभामुख अर्यालले बुधबार प्रधानमन्त्री शाहसँगको भेटका क्रममा प्रतिनिधि सभाको आगामी बैठकहरूलाई कसरी थप व्यवस्थित र जनमुखी बनाउने भन्ने विषयमा छलफल गरेका सचिवालयले जानकारी दिएको छ।

सभामुख अर्यालले प्रधानमन्त्री शाहका अतिरिक्त नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी सदनको प्रभावकारिताका विषयमा परामर्श गरेका सचिवालयले जनाएको छ।

यसअघि मङ्गलबार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटहरूमा पनि संसद्लाई द्वन्द्वरहित र कार्यसूचीमा आधारित बनाएर अघि बढाउने विषयमा सहमति खोज्ने प्रयास गरिएको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको कार्य सञ्चालनलाई प्राविधिक र व्यवस्थापकीय रूपमा चुस्त बनाउन सभामुख अर्यालले आज नै विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि सामूहिक छलफल गरेका थिए।

छलफलमा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने, संसद्‌मा उठ्ने विषयहरूको सम्बोधन गर्ने र सदनको समयलाई परिणाममुखी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

सम्बन्धित समाचार