जेठ १४ गते तपाईको राशिफलमा के छ?

0 Shares

आज मिति २०८३ साल जेठ १४ गते बिहीबार । सन् २०२६ मे २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । जेठ शुक्लपक्षको द्वादशी तिथि । दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर २६ मिनेटसम्म राहुकाल रहने हुनाले शुभ कार्य गर्न नहुने । आज बिहान ५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५१ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आम्दानीका विभिन्न माध्यम फेला पर्ने तर खर्च पनि वृद्धि हुने समय छ । प्रतिकूल स्थानान्तरणको सम्भावना देखिन्छ । आरोग्यबल बढ्नेछ भने दौडधुप पनि वृद्धि हुने योग छ । दैनिकीभन्दा फरक कार्यमा सफलता मिल्नेछ ।

बृष

मिश्रित फलदायी समय छ । रोकिएको कार्य मिहेनतले बनेपनि धेरै परिश्रमबाट थोरै लाभ मिल्ने देखिन्छ । छरछिमेकमा केही असमझदारी तथा विवाद बढ्ने सम्भावना छ, व्यवहारमा सरलता अपनाउनुहोला । घरखर्च केही बढ्ने देखिन्छ । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले पारिवारिक विवादको सम्भावना छ ।

मिथुन

धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, विशेषतः खानपानमा ध्यान राख्नुहोला । नजिकका साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने योग रहेको छ, विशेष सजगता वा सावधानीको खाँचो छ ।

कर्कट

सामाजिक क्रियाकलाप एवम् परोपकारी कार्यमा संलग्न हुने समय छ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । अध्ययन–अध्यापन कार्यमा प्रगति हुनेछ । कृषि र पशुपालनबाट विशेष फाइदा होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ने देखिन्छ ।

सिंह

कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । परिश्रमको राम्रो मूल्यांकन होला । चिताएको काम बन्ने योग छ । कर्मबल बढ्नेछ तर वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने देखिन्छ, सजग रही कार्य गर्नुहोला ।

कन्या

दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा बाधा एवम् पारिवारिक समस्याहरू देखापर्नेछन् । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेहरूको सक्रियता बढ्नेछ, सजग रहनुहोला ।

तुला

व्यापार व्यवसायमा प्रगति हुने तथा नयाँ उद्योगधन्दाको थालनी गर्न सकिने समय छ । दामपत्यसुख बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । पढाइलेखाइमा सुधार आउनेछ । व्यापारमा राम्रै लाभ मिल्ने योग छ । जटिल कार्यमा पनि आँट वृद्धि हुनेछ ।

वृश्चिक

धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्ला । मानसम्मान पनि मिल्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । कामको दायित्व बढ्नेछ भने आयआर्जनका नयाँ स्रोतहरू थपिने छन् ।

धनु

आजको दिन आर्थिक अभावले सताउन सक्छ, तर पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । प्रतिकुलताका बाबजुद साहस बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर

दिन सामान्य छ । नियमित व्यवसायमा केही उतारचढाव आउला । भूमिसम्बन्धी कामबाट राम्रै फाइदा हुने योग छ । खर्च भने वृद्धि हुने देखिन्छ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।

कुम्भ

वौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने प्रयत्न गर्दा सफलताको दर बढ्ला । कुटुम्बजनको सहयोगले महत्वपूर्ण काम बन्ने देखिन्छ । व्यापार–व्यवसाय विस्तार हुन सक्छ ।

मीन

वौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइने समय छ । दिल लगाएर गरेका कामबाट राम्रै लाभ हुने देखिन्छ । श्रमको उचित मूल्यांकन होला । सन्तानपक्षबाट सुख मिल्नेछ भने मित्र एवम् आफन्तजनको पनि साथ रहला । रोकिएका काम फेरि सुरु हुन सक्छन् ।

सम्बन्धित समाचार