वीरगन्जमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

0 Shares

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपपछि पर्साको वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन्।

वीरगन्जको पूर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चौध र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी गरिएको हो।

सम्बन्धित समाचार